अल इण्डिया रेल्वेमेन फेडेरेशन १०० वर्ष पुरा, शताब्दी महाधिवेशनमा नेपाल सहभागी

काठमाडौँ । भारतीय ट्रेड युनियन आन्दोलनको गौरवमय इतिहास बोकेको अल इण्डिया रेल्वेमेन फेडेरेशन १०० वर्ष पुरा भएको छ ।

फेडेरेशन १०० वर्ष पुरा भएको अवसरमा भारतको राजधानी नयाँ दिल्लीमा शताब्दी महाधिवेशन सुरु भएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट १८ वटा ट्रेनलगायतबाट आएका दशौँहजार प्रतिनिधीको सहभागीता रहेको थियो । उक्त महाधिवेशनको फेडेरेशनको मुख्यालय करनैल सिंह रेल्वे स्टेडियममा भएको छ ।

उक्त महाधिवेशनको उद्घाटन सत्रमा ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन लण्डनका महासचिव स्टिफन कटनले विभिन्न आरोह अवरोह लाई चिर्दै १०० वर्ष पार गर्नु चानचुन कुरा नभएको बताउनुभयो ।

उहाँले फेडेरेशनको यातायात क्षेत्रको श्रमिक आन्दोलनमा विश्व स्तरमा नै आफनो पहिचान बताएको बताउँदै आईटिएफको महत्वपुर्ण आबद्ध संस्था रहि आएको भन्दै खुशी व्यक्त गर्नुभयो । कटनले आईटिएफबाट भारतका रेलकर्मीलाई सदैव साथ सहयोग रहने बताउनुभयो ।

उक्त महाधिवेशनमा नेपालको प्रतिनिधित्व गर्नुभएका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले १३५ औँ मई दिवसको अग्रिम शुभकामना दिँदै अल ईण्डिया रेल्वेमेन फेडेरेशनसँग आफुहरुको ऐतिहासीक सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

महासचिव राईले फेडेरेशनबाट श्रमिक आन्दोलनका धेरै कुराहरु सिकेको साथै भारतसँग नेपालीहरुको सांस्कृतिक , रोटी बेटी लगायत विभिन्न प्रकारको सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले पुरानो पेन्सन स्किम लागु गराउने फेडेरेशनको मुद्धामा आफनो ऐक्यबद्धता रहेको बताउँदै फेडेरेशन १०० वर्ष पुगेको उपलक्ष्यमा शुभकामना समेत दिनुभएको थियो ।

उदघाटन सत्रमा अल ईण्डिया फेडेरेशनका महासचिव शिव गोपाल मिश्रा , भारतिय रेल्वेको कार्यकारी अधिकृत जया वर्मा सिंहा , आई टि एफ अध्यक्ष पैडडी क्रुमलीन , फे्रन्च रेल्वे युनियनका नेता डेविड गोवे , हिन्द मजदुर सभाका महासचिव हरभजन सिंह , ईण्टकका वरिष्ठ उपाध्यक्ष अशोक सिंहलगायत जापानिज तथा रसियन युनियनका नेताहरु लगायतले समेत उदघाटन सत्रमा शुभकामना मन्त्वय दिनु भएको थियो ।

उद्घाटन सत्रमा सन् १९७४ को रेल्वे आन्दोलनमा सहभागी एन ई रेल्वेका १०८ वर्षीय महासचिव लगायत चार जना लाई सम्मान पनि गरिएको थियो । १०० वर्ष भन्दा अगाडि स्थापित सो रेल्वेमेन फेडेरेशन का अध्यक्ष भिभि गिरी भारतका राष्ट्रपति समेत बन्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img