बाँकेका सात स्थानमा नागरिक सहायता कक्ष

दसैंलाई लक्षित गरेर बाँकेका सात स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतबाट फर्किने नेपालीलाई सुरक्षित र सहजरुपमा गन्तव्यसम्म पुग्ने वातावरणका लागि नेपाल–भारत सीमानाका जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्क, र्बैजनाथको सम्झना बजार, खजुराको धनौली, राप्तीसोनारीको कुसुम र बैजनाथको चिसापानीमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।

चाडपर्व मनाउन भारतबाट फर्किने नेपालीहरु लुटिने र ठगिने गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपालीलाई ठगिन र लुटिनबाट जोगाउन नागरिक सहायता कक्ष मार्फत सचेतना जगाउने र समस्यामा परेका नेपालीलाई गन्तव्यसम्म पुर्‍याउन सहयोग गर्ने उद्देश्यले स्थापना गरिएका सहायता कक्ष प्रभावकारी हुने प्रहरी नायब उपरीक्षक घर्तिले बताए ।

बाँके प्रहरीले खास गरी जमुनाह नाकामा निगरानी बढाएको जानकारी दिँदै प्रहरीले चाडपर्वका लागि विशेष सुरक्षा योजना बनाउन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img