दिपक खत्री
मानव समुदायलाई तहल्का पारिरहेको सबभन्दा विशाल र डरलाग्दो विषयवस्तु लागू पदार्थ हो । लागू पदार्थहरू मद्यपान र धूम्रपान भन्दा हजारौँ गुणा हानिकारक र खतरनाक छ । मद्यपान र धूम्रपानले त बरु केही वर्षमा गएर रोगहरू जन्माउँछन् भने लागू पदार्थहरूले तुरुन्तै असर गर्दछन् । यी पदार्थहरू यति खतराजनक छन् कि २र४ पटक प्रयोग गर्दैमा बानी बसिहाल्दछ । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय भएर जिउन सक्दैन । यी पदार्थको दुर्व्यसनीहरुले जब यी वस्तुहरू पाउँदैनन्, उनीहरू प्रायः अचेत हुन्छन् । तब उनीहरू यी पदार्थ पाउन जे जस्ता कार्य ९अपराध० पनि गर्न तयार हुन्छन् ।
यिनीहरू यी वस्तुको सेवन गरेर मुर्दाको रूपमा सुतिरहेका हुन्छन् । जब उनीहरू निद्राबाट बिउँझिन्छन्, फेरि यहीँ पदार्थ सेवन गर्न उद्यत हुन्छन् । स्न्याक, ब्राउन सुगर, एल।एस।डि। जस्ता कैयौँ नामका लागू पदार्थहरू आजकल प्रयोगमा ल्याइएका छन् । यस्ता पदार्थहरू तरल र इन्जेक्सनका रूपमा पनि प्रयोगमा ल्याइएका छन् ।
१९६० को दशकमा व्यस्त जीवनबाट छुट्कारा पाउन चाहने पश्चिमी देशका युवायुवतीहरू पर्यटकको रूपमा नेपाल आउनु र साथमा विभिन्न किसिमका लागूपदार्थ भित्रिनु साथै पश्चिमी भन्नासाथ अन्धाधुन्ध अनुकरण गरिने परिपाटी केही नेपालीमा पनि देखिन थाल्यो । समाजमा चलेको मूल्य, मान्यता र व्यवहार आदिलाई वास्ता नगरी आनन्दी र बन्धनमुक्त हुने आशयले काठमाडौँ लगायत शहरहरुका मन्दिर, गल्ली र रेष्टुँरा, होटेलमा लागूपदार्थ सेवन गरेर आफ्नै मोजमस्तीमा रम्ने गरेको व्यवहार नेपाली युवा जमातले पनि सिके । यसको नकारात्मक असरले गर्दा देशका युवापुस्तालाई समेत विस्तार विस्तार गाँज्न थाल्यो र उनीहरूको नैतिकता, धर्म संस्कृति माथि समेत ह्रास हुन थालको अनुभूति हुन थाल्यो ।
यसरी अर्काको देखासिकी गर्न वा तन्द्रामा रम्न, गाँजा चरेस हेरोइन आदि पदार्थ सेवनमा आकर्षित हुन थाल्नाले हाम्रो देशमा पनि दुर्व्यसनको समस्याले पिरोल्न थालेको देखिन्छ ।
यस्तै दुर्व्यसनका कारणले गर्दा एच.आइ.भीरएड्स सङ्क्रमण, चोरी, लुट, बलात्कार, हत्या, डकैती, यसको बेचबिखन, कालाबजारी जस्ता असामाजिक व्यवहार तथा अपराधले गर्दा आज आएर युवा जगत् नै बदनामी र बरबाद भएको देखिन्छ ।
भारतको सीमा क्षेत्रबाट विभिन्न तरिकाबाट वीरगन्ज, जनकपुर, काँकडभिट्टा, भैरहवा, विराटनगर, धनगढी, नेपालगन्ज आदि क्षेत्रबाट ब्राउन सुगर तथा अन्य लागू पदार्थ भित्रिने गरेको छ । साथै नेपालमै पनि विभिन्न क्षेत्रमा यसको उत्पादन हुने गरेको छ । यसको रोकथामको लागि उचित व्यवस्था नभएको व्यापक गुनासो छ । हाम्रो देशमा पनि थाहा पाउँदा नपाउँदै लागू पदार्थ सेवन गर्नेहरूको सङ्ख्या लाखौँ पुगिसकेको अनुमान गरिएको छ । साथै बेरोजगारको कारणले युवाहरूमा मानसिक तनाव बढ्न गई लागूपदार्थ दुर्व्यसनमा फस्न गइरहेका छन् । सोबाट युवा जनशक्तिलाई बचाउनु पर्ने समेत ठुलो चुनौतीको रूपमा खडा भएको छ ।
मानिस चेतनशील प्राणी हो । उसको चेतनाले शरीरका सम्पूर्ण गतिविधिलाई नियन्त्रण गर्दछ । मानिसको जीवनमा घटनाक्रम सधैँ एकनास रहँदैँन । दुःख सुख, राम्रो नराम्रो, असल खराब जस्ता कुरा देखि लिएर सम्झने, बिर्सने, जाडो, गर्मी, खराब, तातो, चिसो जस्ता कुराले मानिसलाई सधैँ प्रभावित पार्दछ ।
यस्ता शारीरिक र मानसिक पीडा भुल्न लागूपदार्थ सेवन गर्ने गरेको पाइन्छ, जसले शरीरको कार्यमा नकारात्मक प्रभाव पार्दछ । यस अन्तर्गत धेरै वस्तुहरू पर्दछन् । जस्तैः अफिम, हेरोइन ९स्म्याक, व्हाइट पाउडर०, पेथेडिन, अफिम कोडिन, गाँजा, चरेस, कोकिन इत्यादि ।
निष्कर्षमा के भन्न सकिन्छ भने लागू पदार्थ त्यस्तो पदार्थ हो जसको सेवनले सेवनकर्ताले शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर प्रभावबाट सेवनकर्ता लठ्ठिने, उत्तेजित हुने, बरबराउने, उन्मुक्त हुने, शिथिल हुने जस्ता अवस्थामा पुग्छ । यदि यस्ता लागू पदार्थ सेवनकर्ताले सेवन गर्न नपाए छटपटिने, रुने कराउने गर्दछन् ।
हाम्रो देशमा एकातिर आमाबाबुहरूलाई बच्चा जन्माएर लालन पालन गरेर हातखुट्टा लगाई दिन एउटा ठुलो समस्या भई दैनिक हजारौँ वैदेशिक रोजगारमा भासिएका छन् भने अर्कोतिर आफ्नो छोराछोरी लागू पदार्थको कुलतमा फस्लान भन्ने सबभन्दा ठुलो चिन्ता तेर्सिएको छ ।
लागू पदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो । लागू औषधी दुर्व्यसनीहरुमा यो रोग सङ्क्रमणबाट क्षति न्यूनीकरण कार्यक्रम नेपालले हाल ल्याएको पाइन्छ । यस्ता कार्यक्रम अझ प्रभावकारी बनाउनु पर्ने हुन्छ नकि कागजी घोडामात्रको कार्यक्रमले वास्तविक रूपमा समस्या हल नभई निहित स्वार्थमा परिणत हुन सक्दछ ।
अतः नागरिक समाज, शिक्षक, विद्यार्थी, युवा, राजनैतिक दल र तिनका भातृ सङ्गठन, राष्ट्रसेवक, वास्तविक नेपाली जनता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आदि सँग नेपाल सरकारले समन्वय गरी कार्यक्रम सञ्चालन गर्न सके लागू औषधीको सेवनले मानवलाई सामाजिक, आर्थिक एवं मानसिक रूपमा नै अपाङ्ग बनाइरहेको अवस्थामा लागू औषधीको उत्पादन देखि बिक्री वितरण, ओसारपसार, दुरुपयोग र सेवनकर्ता सबै पक्षमा नियन्त्रणको प्रभावकारी नीति र संयन्त्र भई समस्या हल गर्न मद्दत पुग्नेछ । र नेपाललाई यसबाट बचाउनु आज हामी सबैको कर्तव्य हुन आएको छ
हाम्रो प्रयास मानवलाई बचाउने र स्वस्थ्य समाजको सृजना गराउने दिशातिर उन्मुख हुनुपर्दछ । त्यसैले जनचेतना र सदव्यवहार जस्ता हाम्रा सङ्कल्प र प्रयासहरूले दुर्व्यसनमा रोक लगाउन सकिन्छ । खास लागूपदार्थ दुर्व्यसनको नियन्त्रणको लागि सरकारी स्तरबाट, व्यक्तिको आर्थिक अवस्था उठाउन राष्ट्रिय शिक्षालाई सैद्धान्तिक मात्र नभएर व्यवहारिक तथा व्यावसायिक बनाउनु पर्छ भने गैर सरकारी संघ संस्थाहरूले पनि आफ्नो क्षमता अनुसार लागू पदार्थ दुर्व्यसनीलाई हटाउन सक्ने किसिमको कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग गर्नु पर्दछ ।