२७ मंसिर २०८१, बिहिबार
२७ मंसिर २०८१, बिहिबार
spot_img

कोशीमा एमालेले बेइमानी गरेको राप्रपाको आरोप

काठमाडौं । कोशी प्रदेशको राष्ट्रियसभा चुनावमा आफ्ना उम्मेदवार पराजित भएपछि राप्रपा एमालेसँग क्षुब्द बनेको छ । एमालेबाट ‘धोका’ महसुस भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

कोशीमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो । गठवन्धनबाट फ्लोर क्रस भएपछि एमालेकी उम्मेदवार रुक्मिणी कोइराला विजयी बनिन् । तर, राप्रपाका उम्मेदवार उद्धव पौडेल कांग्रेसका कृष्ण सिटौलासित पराजित भए । एमालेका एक प्रदेश सांसद र ४-५ जना स्थानीय तहका प्रतिनिधिले राप्रपा उम्मेदवार पौडेललाई भोट नहालेको पाइएको छ । पार्टीले यस चुनावी परिणामको औपचारिक समीक्षा गर्ने तर चुनावी तालमेलमा एमालेबाट राजनीतिक बेइमानी भएको श्रेष्ठले आरोप लगाए ।

‘हाम्रोतर्फबाट सहमतिमुताबिक सबै भोट एमालेको उम्मेदवारलाई गयो । तर, एमालेका मतदाताले सहमति तोडेर आफ्ना दुवै उम्मेदवारलाई भोट हाले । १४८ मतभार सीधै हामीलाई घाटा भयो’, उनले भने ।एमालेले पहिल्यैदेखि बेइमानीको संकेत गरेको उनको बुझाइ छ ।

श्रेष्ठले थपे, ‘हामीले पहिल्यैदेखि प्रयास गरेका थियौं । एमालेले विभिन्न बहाना बनाएर उम्मेदवारी फिर्ता लिने दिन घर्किएपछि मात्रै तालमेलको सहमति गर्‍यो । एमालेको नियतमा प्रश्न उठाउने ठाउँ छ ।’कोशीमा राप्रपाका ६ र एमालेका ४० प्रदेश सांसद छन् । राप्रपाका उद्धव पौडललाई ४७ जना सांसदको मत आएको थियो । तर, एमालेका ‘निष्क्रिय’ उम्मेदवार परशुराम अधिकारीलाई समेत १ प्रदेश सांसद र ५ स्थानीय प्रतिनिधिको मत आएपछि राप्रपा एमालेसँग आक्रोशित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img