१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार
spot_img

अब के ?

प्रदीप ढकाल, सत्यवती ६ गुल्मी । घरको पिंढीमा आमाको हातले समाई समाई कखरा लेख्न थालेको करिब १५ वर्षको अन्तरालमा भर्खर कक्षा १२ को परीक्षा सकेर बसेको मैले जताततै आशा निराशाका प्रशस्तै समस्या देखेको छु ।   १२ को परीक्षा सकेर बसेका म जस्तै करिब करिब साढे पाँच लाखले विभिन्न गाउँ शहर देशका कुना काप्चामा बसेर मैले जस्तो नै सोंच्दै होलान् । जेनेरेसन जी अर्थात् जेन्जीहरु के साँच्चै अभागी पुस्ता हुन् त ? यो सोचनीय विषय हो ।
अध्ययन तथा सिर्जनात्मक क्रियाकलापमा हाम्रो जेनेरेसन सबल तथा दुर्बल दुवैको समिश्रण उत्तिकै मात्रामा छ। हामीहरूलाई अति महत्त्वकांक्षी भनेर पनि भन्ने गरिन्छ त्यसका पछाडि पनि गहिरो रहस्य छ। हामीलाई सानोसानो कुराले चित्त बुझ्दैन या त केही कुरा चाहिँदैन चाहिएपछि अति नै चाहिन्छ यो जेन्जीको सबैभन्दा नराम्रो पक्ष मध्यको एक हो।
म तथा मेरा समकालीनले बच्चा बेला पनि ठूला ठूला सपना बुन्ने गरियो। हामीमध्ये प्रायको एक समान सपना भनेको ठूलो भएर वैज्ञानिक बन्छु भन्ने सपना बुन्ने क्रममा तत्कालीन समयको बढ्दो टेक्नोलोजिकल प्रवाहको कारण हो कि घरमा केही बिग्रन भत्काउन छुट भएर हो खै समयको गति सँगै कतिका सपनामा फूल फुल्दै गए कतिका सपनामा फूल फुल्न नपाई कपिलामै निमोठिए अथवा टिपिए त्यो तत्कालीन समयलाई नै प्रश्न
दिनानुदिन समय फेरियो गति फेरियो सपना फेरिए साथीभाइ फेरिए तर फेरिने रेलको गति उत्कर्षमा नै थियो। हाम्रो जेनेरेसनमा प्राय घरमा बुबा परिवारको जीविकोपार्जनका निमित्त देश बाहिर नै हुनुहुन्थ्यो हुनुहुन्छ तर बढ्दो उमेरका कारण कतिपयका वर्तमान अवस्थामा स्वदेश फर्किनुभयो तथा कोही फर्किने क्रममा हुनुहुन्छ बुबा घरमा नहुँदा हामीहरू प्रायलाई आमाहरुले नै हुर्काउनुभयो बढाउनुभयो पढाउनुभयो बुवासँग प्राय घुलमिल नहुने नजिक नहुने हुँदा हामीहरु प्रायलाई बुवासँग खासै भाइब्स मिल्दैन जति मम्मीहरूको अगाडि हामी खुल्ला छौं मम्मीहरूको अगाडि हामी बोल्न डराउँदैनौं। खेल्न र रम्न डराउँदैनौँ। तर बुबाको अगाडि त्यस्तो छैन समयले त्यस्तो हुन दिएन।
देशको समसामयिक राजनीतिक घटना परिवेशले गर्दा पनि हामीहरूलाई ठूला भनाउँदाहरूले अभागी युग भनेका होलान्। हामीले बाल्यकालदेखि अलिअलि जान्ने भए पश्चात देशमा छ जना प्रधानमन्त्रीहरू फेरिसकेका छन् छ पल्ट सरकार फेरियो। देशमा स्थिरताको कुरा त कहाँ हो कहाँ अस्थिरताको पराकाष्ट छ समाजमा द्वन्द झगडा विद्रोह बलात्कार उत्कर्षमा छ। बुद्धको देशमा छु भनेर आफूले आफैलाई भन्दा लज्जाबोध उत्पन्न हुन्छ। जसले जे भने पनि म तथा मेरा समकालीन हामी सबैलाई देशको राजनीतिक परिवेशले प्रत्यक्ष अप्रत्यक्ष रुपमा काहीँ कतै असर पारेकै छ ।
हामीलाई समयले ल्याउने छालहरूमा अति नै डुब्न मनपर्छ । चाहे त्यो बाल्यावस्थामा भाँडाकुटी खेल्दा होस् अथवा लकडाउनको बेला मोबाइलप्रतिको मोह हामीहरु सबैमा एक किसिमको रोग छ त्यो रोगका कारण हाम्रो भविष्य जति उज्यालो हुनुपर्ने हो जति समृद्ध हुनुपर्ने हो त्यो अब जति जे गरे पनि हुन सक्दैन। र त्यो रोग कुनै शारीरिक नभई मानसिक हो। अनि त्यो रोगको नाम हो नशा हो तपाईंले सही सुन्नुभयो नशा यस्तो नशा जसले हाम्रो सुनौलो भविष्यलाई अन्धकारतर्फ दोहोराइदियो नसा एक किसिमको छैन। त्यो भिन्न भिन्न रुपमा अस्तित्व जमाएर बसेको छ। प्राय सबैको समान नशा मोबाइल फोनप्रतिको आकर्षण हो सुन्दा सामान्य लाग्न सक्छ मोबाइलले गर्दा हाम्रो जेनेरेसनको सिर्जनात्मक शक्ति ७७%ले घटेर गएको छ। पाँच मिनेट भनेर समात्यो घन्टौं बितेको हामी पत्तो नै पाउँदैनौं। अमेरिकन तथ्याङ्क अनुसार २० वर्षमा चलाउनुपर्ने मोबाइल हामीले कोरोना पश्चातको दुई वर्षमा चलाइदियौं। जुन अति दुर्भाग्यको कुरा हो मोबाइलपछि दोस्रो ठूलो नशा चुरोट तथा गाँजा हो परिवारबाट जति रेखदेख पाउनुपर्ने हो त्यति स्यार सुसार नपाउँदा हामीहरूमा डडेलोसरी फैलिएको अर्को ठूलो रोग चुरोट गाँजा हो। अत्याधिक चुरोट गाँजाको सेवनका कारण हामीहरूमा डिप्रेसन एन्जाइटी जस्ता घातक मानसिक रोग हरूको पनि लक्षण देखिने गरेका छन् र क्रमिक रुपमा विपरीत लिङ्गीको आकर्षण चिया कफी तथा मध्यपान यी हामीहरूको सबैका साझा हुन् हाम्रो जेनेरेसनमा यदाकदा अपवाद बाहेक सबैमा नशा छ। चाहे त्यो मोबाइल चुरोट गाँजा विपरीत लिङ्गी प्रतिको आकर्षण चिया कफी जेसुकै होस् तर यो सत प्रतिशत हो हामी सबैमा नशा छ।

अध्ययन तथा सिर्जनात्मक क्रियाकलापमा हाम्रो जेनेरेसनको  दुर्बल पक्ष भनेको हामीलाई सानोतिनो कुराले चित्त बुझ्दैन  । कि त यो जेन्जी पुस्तालाई केही कुरा चाहिँदैन चाहिएपछि अति नै चाहिन्छ यो जेन्जीको नराम्रो पक्ष हो ।
म तथा मेरा समकालीनले बच्चा बेला पनि ठूला ठूला सपना बुन्ने गरियो। हामीमध्ये प्रायको एक समान सपना भनेको ठूलो भएर वैज्ञानिक बन्छु भन्ने सपना बुन्ने क्रममा तत्कालीन समयको बढ्दो टेक्नोलोजिकल प्रवाहको कारण हो कि घरमा केही बिग्रन भत्काउन छुट भएर हो खै समयको गति सँगै कतिका सपनामा फूल फुल्दै गए कतिका सपनामा फूल फुल्न नपाई कपिलामै निमोठिए अथवा टिपिए त्यसको तत्कालीन समयले नै प्रश्न र उत्तर दुबै दिएको छ ।
नेपालीमा एउटा उखान छ नि कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको त्यस्तै हामीलाई ती ठूला बडाले त्यत्तिकै सबैभन्दा अभागी जेनेरेसन भनेर भनेका होइनन् होला कक्षा ८ सम्म आउँदाखेरि तक हामीलाई केही चिन्ता थिएन केही अग्रगामी विचारहरू पनि थिएनन् तर जब नौ कक्षाबाट अलिअलि भविष्यका दीर्घकालीन विचारहरूले टुसा पलाउने बेला थियो त्यति नै बेला सारा संसारलाई रुहाउने गरी यमराजको रूपसरी कोरोना महामारीको उदय भयो। महामारीको पूर्वार्धमा त सामान्य होला के नै होला र तत्कालीन समयका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै दुध बेसार खाए ठिकै भइहाल्छ नि भन्ने थियो पढ्न भनेसी अल्छी लाग्ने अरुभन्दा नि भोली छुट्टी हुने भन्दा अति खुसी भइने पुस्ता के नै राम्रो भयो र ? महामारी कोरोनाकै कारण हामीले पहिलो पल्ट नयाँ शब्द लकडाउन, क्वारेन्टाइन जस्ता सुन्न पायौं। लकडाउन क्वारेन्टाइन यी शब्द सुन्दा जति सामान्य सुनिन्छन् वास्तवमा ठिक विपरीत यिनले हामीलाई भयानक छाप छोडेर गइदिए। देशमा लकडाउन सुरु भयो। सुरुसुरुको दुई चार दिन खेलियो रमाइलो तर बिस्तारै यदाकदा हुँदै कोरोना शहरदेखि गाउँ छिर्न थाल्यो। १५ दिनभित्रमा सामान्य अवस्थामा फर्किउँला भनेको महिना दुई महिना बितिसके अब भने ती बालचेतमा पनि त्रासको भए उत्पन्न हुन थाल्यो सरासर भए लगभग १५% सकिने बेला भइसकेको थियो। विद्यालय खुल्लान पढाइले निरन्तरता पाउला भनेको त महामारीले त दिनानुदिन उग्ररूप धारण गरी देशका कुना काप्चा समेत पुगी जनजीवन अस्तव्यस्त बनाइदियो दिन ढल्दै जाँदा महामारीले मान्छे खायो भन्ने पनि खबर रेडियो टिभी मोबाइल हरूमा सुनिन गुन्जिन थाले कहिँ कसैको मृत्युको खबर नपाउन्जेलसम्म त ्रासको एउटा सीमा थियो तर जब मृत्युका खबर गुन्जिन थाले त्यसपश्चात् त भए त्रासको पराकाष्ट उत्पन्न भयो। मृत्युका खबर पनि यसरी सुनिन थाले कि मानौँ वैशाख मङ्सिरमा गाउँमा बिहेको निम्तो सुनिन्छन् पहिला सहर तथा अरु गाउँका सुनिने कुरा अब आफ्नै समाज घर आँगन दैलोमा प्रकट हुन थाले। महामारी उत्कर्षमा हुँदै गर्दा लगभग अझै तीन महिना विद्यालयहरू सञ्चालन हुने छैनन् जसका विकल्पमा अनलाइन पठनपाठन हुने भनेर सरकारले विज्ञप्ति दियो कोरोना महामारीले भन्दा पनि हामी जो अहिले १२ सक्काएका छौं हामीहरूलाई यो विज्ञप्तिले ठूलो असर दियो यही विज्ञप्तिका कारण हामीहरूलाई अनलाइन क्लासमा संलग्न भई अध्ययन सुरु गर्नुपर्ने भयो। कोरोनाअघिसम्म हामीहरू खासै मोबाइल चलाउँदैनथ्यौँ। हामीहरूलाई मोबाइल भन्दा पनि बाहिर अतिरिक्त क्रियाकलापमै बढी रुचि हुन्थ्यो। मोबाइलतिर त चासो नै हुँदैन थियो। नेपाली समाजमा कोरोनाअघि मोबाइल एकदम न्यूनतम अवस्थामा थियो तर अहिले त्यसको ठिक उल्टो छ अनलाइन पढ्नुपर्ने हुँदा मोबाइल अनिवार्य मात्रा चाहिने भयो। घरमा हुनेहरूलाई त ठिकै थियो तर नहुनेहरूले बाध्यात्मक परिस्थितिका कारण अनिवार्य रूपमै किन्नुपर्ने भयो। परिस्थिति पनि कस्तो बाध्यात्मक भइदियो भने महामारी कहिलेसम्म हो निदो छैन आधा वर्ष बितिसक्यो। अध्ययन नगरी जिन्दगी नचल्ने पठनपाठनका निमित्त विद्यालय खुल्ला छैनन् समयले चारै तर्फबाट प्रहार गर्यो सक्नेले त सजिलै किने बिचरा दिनदुखी गरिब पीडित हरूले ऋण धन गरेरै भएपनि बच्चाका निमित्त मोबाइल फोन किनिदिए मोबाइल त आयो तर मोबाइलले मात्र पढ्न नमिल्ने अनलाइन पढ्नका लागि इन्टरनेट अनिवार्य रुपमा चाहिने अब इन्टरनेट छैन के गर्ने डाटा लिहौ भने दीर्घकालीन सोच बनाएर हेर्दा महँगो पर्न जाने जस्ता कारण फेरि प्राय घरमा इन्टरनेट जोड्नुपर्ने अर्को बाध्यात्मक परिस्थिति आइदियो तर यहाँ भने पहिले मोबाइल किन्दासरी सबै एकमत भएनन्। पहिले मोबाइलका विकल्पमा ल्यापटप कम्प्युटर त थिए तर ती अति नै महंगा थिए। जो नेपाली समाजका लागि उपयुक्त नभएको कारण सबैले मोबाइल नै किने तर अब इन्टरनेटमा पनि दुई विकल्प थिए या त घरमा नेट जोड्ने अथवा डाटा लिने यसमा चाहिँ अलि नसक्नेले डाटाद्वारा काम चलाए ।

अब मोबाइल नि भयो नेट नि भयो यसपछि बल्ल हामीहरूका कहाली लाग्दा दिन सुरु भए फोन नै नचलाउने हामी अब अनलाइन क्लासमा पढ्न थाल्यौ। पढ्न थालियो पनि तर बिस्तारै हामीलाई के थाहा भयो भने ब्याकग्राउन्डमा पढेजस्तो गरेर यता त अतिरिक्त गेम खेल्न सामाजिक सञ्जाल चलाउन मिल्दो रहेछ जब यो कुराको अवगत भयो हामी ब्याकग्राउन्डमा पढे जस्तो गरेर आफूलाई क्लासमा संलग्न गराएर यता खेल्न तथा रम्न थाल्यो बिस्तारै हामी इन्टरनेटको संसारमा डुब्दै थियौँ। लकडाउनका कारण बाहिर निस्किन नमिल्ने घरमा केही काम पनि नहुने अब हामीसँग हाम्रो समय कटाउन सजिलो उपाय भनेकै मोबाइल फोन र इन्टरनेट हुन थाल्यो। दिनानुदिन हामीलाई सामाजिक सञ्जाल अनलाइन गेम प्रति यति बढी रस पस्न थाल्यो कि हामी सुत्दा उठ्दा खाँदा बस्दा चौबिसै घण्टा चार सकिँदा समेत चार्जमा राखिराखी चलाउन थाल्यौ हाम्रो जेनेरेसनलाई आफ्नो बसमा पार्न लागेको हामी पत्तो पाएनौ ध्यान पट्टिको साइडबाट हेर्ने भनी मोबाइलको समाधिमै पुग्यौँ। जति लकडाउन बढ्दैछ जति कोरोनाले विशाल रूप लिँदैछ त्यति हामी पनि मोबाइलपट्टि झुक्न लाग्यौँ। हामीलाई यसको केही मतलब थिएन। पढाइ त पुरै सकियो नै अनलाइन क्लास त एउटा बहाना मात्र भयो। अरु काम नहुँदा घरबाट पनि हामीलाई मोबाइल नचलाउन भनेर खासै दबाब आएन। हामी अब मोबाइल बिना बस्न नसक्ने अवस्थामा आयौं कोरोनाकै कारण माध्यमिक तह एसइइको परीक्षा हुन नपाउँदा आफ्नै विद्यालयहरूले विद्यार्थीलाई पास गरिदिने भनेर सरकारले फेरि अर्को निर्णय गर्यो। हामी नौमै हुँदा सरकारको यस्तो निर्णयले गर्दा हामीलाई पढाइ प्रति झनै मन जान छाड्यो आफूहरु भन्दा अगाडि दुई ब्याज सित्तैमा पास हुँदा हामीलाई नै यस्तै हुन्छ के को टेन्सन भनेर मोबाइल झन् हाबी हुन पुग्यो। अत्याधिक मोबाइलको प्रयोगका कारण हामीहरूमा अनिन्द्रा बढ्न थाल्यो भोक हट्न थाल्यो। विद्यार्थीहरु माझ बढ्दो मोबाइलको नकारात्मक प्रभाव तथा कोरोनाको केही कम प्रभावका कारण अब दूरी कायम गरी विद्यालयमै पठनपाठन गराउने भनेर फेरि सरकारले निर्णय गर्यो साक्षी भावमा रहेर नियाल्दा लर्निङ फेजमा मोबाइलको अत्याधिक प्रयोगका कारण हामीहरूबाट सिर्जनात्मक क्षमता हट्यो। समालोचनात्मक चेत हट्यो हामीहरू मोबाइलकै कारण व्यर्थ पुस्ता हुन पुग्यौँ। बिस्तारै यस्तै हुँदै जाँदा हामीहरूको पाली चाहिँ एसइइ हुने भन्ने निर्णय भयो। हामीहरुले विद्यालयमै गएर पढ्ने भए तापनि पढ्न नसक्ने पढाइमा मन नजाने धेरैबेरसम्म बस्न नसक्ने जस्ता अवस्था सिर्जना हुन थाले। सरकारले बरु दुई वर्षसम्म पठनपाठनलाई ठप्प गराइदिएको भए वर्तमान अवस्थामा त्यो देख्दा नराम्रो देखिन्थ्यो तर त्यसले दीर्घकालीन रुपमा तर भौतिक क्लासको विकल्पमा अनलाइन प्रणाली ल्याउँदा त्यसले हामीलाई धेरै धेरै नै असर गर्यो। यसै हुँदै जाँदा एसइ परीक्षा सुरु भयो। पहिलो विषय अंग्रेजी भएको हुँदा हामी कसैलाई पनि खासै त्यस्तो भएन। तर दोस्रो विषय गणितको दिन सारा दुई वर्षको प्रभाव देखियो अरु वर्षको तुलनामा त्यो वर्ष प्रश्न आफैमा गाह्रो आइदियो खै प्रश्न काट्नेलाई हाम्रो पुस्तासँग के रिस थियो र रह्यो अर्को पाटो प्रश्न आफैंमा गाह्रो अनि अलिअलि पनि दिमाग चलाउन हामीले पनि सकेनौं। जसका कारण त्यतिबेला कभभ दिएका मध्ये ५५% विद्यार्थी गणित विषयमा फेल भए अब भएन त रामलीला कुल विद्यार्थीमध्ये आधाभन्दा धेरै गणितमा फेल जब रिजल्ट आयो देशका विभिन्न ठाउँबाट नराम्रा खबर हरु गुन्जिन थाले विभिन्न जिल्लाबाट गणित विषयमा फेल भएकै कारण कति साथीहरुले आत्महत्याको बाटो रोजे रे ।

आत्महत्या जस्तो बाटोको सिर्जना हुनुमा प्रमुख दोष कसको विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी बाध्यात्मक परिस्थितिद्वारा निम्तिएको मोबाइलको प्रयोग चारै तर्फबाट चपेटिएको ब्याज छ भनेर जान्दाजान्दै कठिन प्रश्न काट्ने प्रश्नकर्ता कि स्वयं विद्यार्थी यो पाठक श्रोताहरुलाई प्रश्न तर मैले अघिनै भनिसकेको छु ठूलाबडाले हामीलाई सबैभन्दा अभागी ब्याजको ट्याग दिएका छन् भनेर रिजल्टकै कारण फेल भएका मध्ये ७०%ले पढाइ छाड्ने निर्णय गरे पढाइ छाडेकाको भविष्य कुन दिशातर्फ मोडिएला कक्षा ८ सम्म देशमा हेर्दा ९८% विद्यार्थीहरु अब्बल थिए मात्र दुई वर्षको प्रभावले आधाभन्दा बढी विद्यार्थी फेल भए धन्न कताबाट टिठ लागेछ कुन्ने सरकारले तीन विषय लागेकासम्महरू कक्षा ११ मा विज्ञान र गणित बाहेक अरु पढ्न पाउने भनेर निर्णय गर्यो जसले गर्दा अलिअलि भएपनि राहत मिल्यो फेल भएका मध्ये लगभग ३०% ११ मा भर्ना भए तर रहेका ७० प्रतिशतको के जाबो एउटा दुईटा विषय लाग्दैमा उनीहरू कक्षा ११ मा भर्ना भएनन् अब उनीहरूको के के गर्छन् उनीहरुले फेल भएकै कारण यदि ती ७० प्रतिशत मध्ये एकजना मात्र एकजनाले पनि केही नकारात्मक भाव उत्पन्न गरी देशविरोधी क्रियाकलाप गर्यो भने त्यसको जिम्मा कसले लिने ? हामी सबैलाई थाहा छ मात्र एकजनाकै चेतले संसारलाई कति ठूलो फाइदा तथा असर हुन्छ भन्ने के हामीलाई थाहा छैन र एकजना एडल्ट हिटलरकै कारण ६० लाख मान्छे मरेको अनि एकजना गौतम बुद्धको कारण संसारमा शान्ति फैलिएको मेरो प्रश्न सर्वसाधारण पाठक तथा सरकारलाई कक्षा १० मा फेल भएकै कारण उसमा नकारात्मक भाव उत्पन्न भई भविष्यमा देश विरोधी क्रियाकलाप भयो भने जिम्मा कसले लिने फेल भएकै कारण मानव जीवनप्रति संकट छायो भने जिम्मा कसले लिने मैले अघि नै भनिसके दुई वर्षमा पढाइ नभएको भए त्यसले वर्तमानमा नराम्रो भएजस्तो देखिए पनि दीर्घकालीन रुपमा केही फरक पर्दैन थियो। तर दुई वर्ष भौतिक क्लासको सट्टा अनलाइन प्रणालीले गर्दा हामीमा मोबाइलको नकारात्मक प्रभावले गर्दा पछि यसले अति विनाश निम्त्याउनेछ। यसै हुँदै कति साथीले पढाइ छाडे कोही भर्ना भए तर विचारा धेरैले आफूहरुले भने अनुसारको विषय पढ्न पाएनन् हेर त्यो समयको खेल समयलाई नै छाडिदिउँ। ११ १२ पढियो अब १२ पनि सकियो। समस्या बल्ल निम्तिएको छ। अब के ह्वाट नेक्स्ट
राष्ट्रका सबै अङ्गहरूमा जतासुकै भ्रष्टाचार मौलाएको छ। देशका उच्च ओदामा बसेका व्यक्तित्वहरू सबै विलासिताको जीवन बिताउन व्यस्त छन्। कर्मचारी तन्त्रमा त्यस्तै हालत छ। सरकारी सेवा सुविधा लिन जान पर्दा घन्टौ लाइन बस्नुपर्ने बाध्यता छ। विश्व इन्टरनेटबाट एआइमा पुगिसक्दा हामीहरु अझै राम्रोसँग इन्टरनेटको पहुँचमा छैन चोरी डकैती लुटपाट भ्रष्टाचार काटमार पारपाचुकेका विषयहरू दिनप्रतिदिन झन्पछि झन् बढ्दै छन् भूराजनीतिको चपेटामा परेर देश यता न उताको भएको छ। आर्थिक मन्दिर यत्रतत्र सर्वत्र छ नवउद्धमीहरू केही गरम भन्ने सोच बोकेर अघि बढ्दै गरेकाहरूलाई राज्य कर प्रणालीले थचक्कै भुइमा पछारिन्छ गाँस बास कपासको निमित्त वैज्ञानिक बन्न लायक युवा हरू दिनहु खाडीमा गएर बेल्चा लतार्न बाध्य छन्। यस्तो अवस्थामा अब के धजबत लभहत नेपालमै बसेर केही गरम भन्नलाई देशको अवस्था देख्दा विरक्त लाग्दछ। बाहिर जाम भने धनसम्पत्तिले पुग्दैन सानोतिनो यतै जागिर गर्दै पढम भन्नलाई पढाइ हेर्ने कि जागिर हेर्ने खाडी जाम भने यत्रो किन पढेको त भनी आफैलाई प्रश्न आउँछ। कुनै लोकसेवा सरकारी सेवामा लडम भन्दा ल नाम त निस्किएला त्यहाँ जति आम्दानी छ त्यसले वर्तमान समयको जिन्दगी चल्दैन अनि के फेरि मैले पनि भ्रष्टाचार अनियमितता गर्ने त ?
आखिर गर्ने के? अब के ? ह्वाट नेक्स्ट ?
यो मसँगै अहिले कक्षा १२ दिएर बसेका सम्पूर्ण समकालीन मित्रहरूलाई समर्पित धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img