एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

समाचार सारांश
Auto Generated by AI
  • नेपाल राष्ट्र बैंकले बजारको अधिक तरलता व्यवस्थापन गर्न बुधबार एक खर्ब बराबरको निक्षेप संकलन गर्दैछ।
  • क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले बोलकबोलमार्फत सो रकम संकलनमा भाग लिन पाउनेछन्।
  • निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ र सावाँ–ब्याज २०८३ असोज २७ गते फिर्ता गरिनेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले बुधबार एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।

बोलकबोल बुधबारअपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप संकलन उपकरणको निष्कासन पनि बुधबार नै गरिनेछ । सूचनाअनुसार निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ ।

बोलकबोलमा न्यूनतम १० करोडदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एउटै सहभागीले फरकफरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अंकसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ ।

केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ । समान ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त

वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

नेप्से २७३४ विन्दुमा, ६ अर्ब २६ करोडको सेयर किनबेच

देउवा-कोइराला पक्षले बोलायो राष्ट्रिय भेला, कांग्रेस औपचारिक विभाजनको दिशामा

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img