असोज ११ बाट ‘ह्रस्व दीर्घ’ रिलिज हुने, यस्तो छ ब्रमानन्दमको लुक्स

काठमाडौँ ।  चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति तय गरिएको छ । नायिका नीता ढुंगानाको लगानीमा तयार भएको चलचित्रको दोस्रो सेड्यूलको छायांकन सकिएसँगै यसको प्रदर्शन मिति तय गरिएको हो ।

यो चलचित्रलाई आउँदो बर्षको असोजको ११ गतेबाट नेपालसँगै भारत र अन्य देशमा रिलिज गर्ने तयारी गरिएको छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा साउथका चर्चित कलाकार ब्रमानन्दम मात्र फिचर छन् । उनको जन्मदिनको अवसर पारेर चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

फस्टलुकमा साउथका यी चर्चित कलाकार निधारमा चन्दन लगाएर मुस्कुराएका छन् । यस्तै, अर्को एक तस्विरमा भने उनको अनुहार रिसाएको जस्तो देखिन्छ । चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, विपना थापा, किरण केसी, गरिमा शर्मा र साउथका अर्का चर्चित कलाकार प्रदिप सिंह राउतको मुख्य भूमिका छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, कविरलालको छायांकन छ । निर्माणपक्षले यो चलचित्रको निर्माणमा निकै मिहिनेत गरिरहेका छ । साथमा, चलचित्रका लागि महंगो बजेट समेत खर्च भएको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img