१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार
spot_img

थामकाचौर खेलमैदान धातिवाङ्गमा फेरी क्रिकेट हुने, विजेतालाई ३५ हजार पुरस्कार

रुकमागत भट्टराई
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गको थामकाचौर खेलमैदान बाढुंगामा क्रिकेट खेल हुने भएको छ । मनकामना युवा क्लव मैदानको आयोजनामा हुने क्रिकेट खेल माघ २७ गतेदेखी सञ्चालन हुने आयोजक मनकामना युवा क्लवले जनाएको छ ।

क्रिकेट खेलमा प्रथम हुनेलाई नगद रु ३५ हजार, उपविजेता हुनेलाई १५ हजार र तृतिय स्थान हासिल गर्नेलाई ५ हजार पुरस्कार राखिएको छ । क्रिकेट खेल पाणिनी ५ मैदानको मनकामना युवा क्लब र पाणिनी ८ पालीको शान्तिचोक युवा क्लवको संयुक्त आयोजनामा हुने मैदानका क्रिकेट खेलाडी सन्तोष घिमिरेले बताए ।

वडाको खेलमैदानमा गर्न लागिएको खेलको स्वागत गर्दै पाणिनी-६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले खेल सफलतको शुभकामना व्यक्त गरेका छन् । साथै खेल प्रतियोगितामा वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै क्रिकेट खेल लोकप्रिय भएको र थामकाचौर खेलमैदानको स्तरोन्तीका लागी पहल गर्दै आएको बताए ।

खेलसम्बन्धी सुचना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (63%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (38%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️